तारकेश्वर पैयाटारमा हास्य टेलिफिल्म ‘घामड दुनीया’को छायांकन
काठमाडौं – नेपाली हास्य टेलिफिल्म ‘घामड दुनीया’ को आज ४ भाग प्रसारण गरिएको छ। रमाइलो सिनेप्लेक्स को प्रस्तुतिमा निर्मित हास्य टेलिफिल्म ‘घामड दुनीया’ नेपालको समसामयिक विषयमा आधारित उक्त हास्य टेलिफिल्म पूर्ण रुपमा पारिवारिक रहेको निर्माता रेसिका ढकालले बताएका छन्। यस टेलिफिल्मका निर्माता ढकालसँगै कार्यकारी निर्माता कृष्ण कार्की रहेका छन्।
बिमल काफले र मौसम बिक्रम शाहीको कथा र निर्देशनमा निर्माण हुने यस हास्य टेलिफिल्मलाई पारस खड्काले छायांकन गर्नुका साथै सम्पादन पनि गर्नेछन्।
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित पैयाटारमा यस हास्य टेलिफिल्मको छायांकन गरिने भएको छ। यस पारिवारिक तथा हास्य टेलिफिल्ममा रमेश ढकाल, बिमल काफले, मौसम बिक्रम शाही, मोहन कृष्ण अधिकारी, शिवहरी रिजाल, बर्षा बि सी, सूसीला श्रेष्ठ, सरोज सुनदास, डिलाराम सापकोटा साथमा बाल कलाकार रप्सन ढकालको अभिनय रहेको छ। त्यस्तै, यस टिमका मिडिया पार्टनरको रुपमा ओपन खबर डट कम रहेको छ
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्