प्रकाश ओझाले ल्याए कोरोना गीत
– जीवनराज दाहाल ( साझा पाना )
कुनै समय नेपालमा कमेडी गीतले धेरै बर्चस्व जमाएको थियो । पछिल्लो समय दोहोरी र फिल्मी गीतलेझैँ । कमेडी गीत भनेपछि बच्चादेखि वृद्धसम्म कसलाई चै मन पर्दैन होला र । त्यसमा पनि झन प्रकाश ओझाको गीतको त कुरै छोडौँ । ओझाले जुन गीत छोयो त्यो सुन भैहाल्थ्यो । दिन दुईगुणा रात चौगुणा चर्चाको शिखर चुमेका गायक ओझाको गीत सुनेर नहाँस्ने मानिस सायद कमै होलान ।
‘भत्काइदिन्छु बाख्राको खोरपनी’, ‘ ए धामी दाइ’, ‘जाउँ कि क्या हो म पनि जिम खाना’, ‘ए बाउ भात खान आउ’ तथा ‘ओखरबोटे काका’ जस्ता गीत कुनै समय निकै नै चर्चाका शिखरमा थिए । हुन त प्रकाशले गीत मात्रै गाएनन् तिते करेली, गाई कि त्रिशुल, इर्किनी मिर्किनी जस्ता टेलिचलचित्र निर्माण, निर्देशन र अभिनय समेत गरे । ‘दाइको ससुराली’ चलचित्रमा मुख्य भूमिकामा अभिनय समेत गरेका ओझा पछिल्लो समय गीत सङ्गीतमै सक्रिय छन् ।
जनमानसको जिब्रामा झुन्डिन सफल गीत गाएर सबैको मन मुटुमा बस्न सफल प्रकाश ओझाले पछिल्लो समय नयाँ समसामयिक सन्देश मुलक हाँस्य रसमा आधारित ‘चिकेन कोरोना’ गीत लिएर बजारमा आएका छन । OSR Digital युट्युब च्यानलबाट पब्लिस भएको गीतको शब्द, सङ्गीत र स्वर ओझाकै रहेको छ । ‘चिकेन कोरोना’ गीतलाई सफलताको शुभकामना ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्