युवा अभियान नेपाल बर्दिवासको कोरोना बिमा कार्य
जीवनराज दाहाल ( बर्दिवास ) –
युवा अभियान नेपालको प्रयास, लागू औषधमुक्त बर्दिबासू भन्ने मुल नाराका साथ सडक नाटक ुबिम्ब प्रतिबिम्बु मार्फत युवाहरूको मनमुटुमा बस्न सफल संस्था हो, युवा अभियान नेपाल, बर्दिबास ।
यस सस्थाले बिगतमा युवाहरूलाई सहि मार्ग निर्देश गर्न लागुऔषध बिरूद्ध सडक नाटक, विद्यालयमा प्रशिक्षण, समुदायमा लक्षित युवा र अभिभावकहरूसङ्ग दुर्ब्यसनी र यसको प्रभावका बारेमा गहन छलफल गरिएको सर्वबिदितै छ ।
आज पुनः एकपटक अर्को अनुपम काम गरेर संस्थाको २६ जना सदस्य र कलाकारहरूलाई गर्व महसुस गराउने गरि संस्थाका अध्यक्ष श्री विष्णु कुमार बम्जनले जनही १००,०००र( ९अक्षेरूपी एकलाख० मात्रैको जम्मा २६,००,०००र( ९ अक्षेरूपी छब्बीस लाख० मात्रैको आफ्नै खर्चमा कोरोना बिमा गरी उदार समाजसेवी वा कुशल नेतृत्वको पहिचान सबैसामु पेश गर्नु भएको छ।
संस्थाले हालसालै कोरोनाबाट बच्ने उपायबारे सामाजिक सन्जालमै अडियो भिडियो सन्देश प्रसार गरी जनचेतना जगाउने कामसमेत गरेको समितिका कलाकार ममता अधिकारीले जानकारी गराउनु भयो ।
संस्थाको कामबाट आफू एकदम हर्षित र उत्साहित रहेको बताउदै अर्की कलाकार सबिना लामगादेले यस संस्थाको जस्तै असल, इमानदार र कुशल नेतृत्व सबैतिर हुने हो भने देशमा सम्वृद्धी सम्भव रहेको बताउदै युवा अभियान नेपालले गरेको काम सबैको लागि सधैंको लागि अनुकरणीय रहेको बताइन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्