स्रष्टा देवकीको दोस्रो कृति ‘छुटेका सपनाहरु’ बिमोचित
स्रष्टा देवकी तिमल्सिना ‘समीक्षा’ दोस्रो कृति ‘छुटेका सपनाहरु’ मुक्तक संग्रहको विमोचन भएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले ‘छुटेका सपनाहरुको विमोचन गर्दों साहित्यले राजनीतिलाई सही बाटोमा हिडाउने बताएका छन् ।मुक्तक संग्रह छुटेका सपनाहरुमा ३०० वटा मुक्तकहरु संग्रहित रहेका छन् ।
‘साहित्यको सिर्जना गर्नका लागि भावना हुनुपर्छ र त्यसलाई साहित्यमा परिणत गरिसकेपछि त्यसले समाज परिवर्तनको काम गर्नुपर्छ ।’ विश्वमा ठूला ठूला परिवर्तनहरु साहित्यको माध्यमबाट भएको प्रसंग उठाउँदै समाजको गोरेटोको रुपमा रहेको साहित्यका माध्यमबाट कर्णालीमा धेरै गर्न बाँकी रहेको मन्त्री रावलले बताए ।

कृतिको समीक्षा गर्दै वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमले भने, कृतिले समाज, परिवेश, देश काल र परिस्थितिको यथार्थ बोलेको छ ।’ उनले भने, ‘साहित्यमा लाग्नेहरु धेरै हुन्छन् तर त्यसलाई निरन्तरता दिनेहरुको कमी छ तर समीक्षाले जुन निरन्तरता दिनुभएको छ स्रहानिय छ ।’
यसैगरि विमोचन कार्यक्रममा अध्यक्ष एवम् सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले अधुरा सपनाहरुलाई पूरा गर्ने जिम्मेवारी अहिलेका जनप्रतिनिधिदेखि सचेत वर्गको काँधमा आएको बताए ।
स्रष्टा देवकी तिमल्सिना ‘समीक्षा’ ले विगतको जनयुद्धले मागेका मागहरु अझैँ पूरा हुन नसकेको बताउँदै नेता र नेतृत्वले जनताका चाहना र भावना अनुसार कार्य गर्नु पर्ने बताइन् । समय र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न सक्नु पर्ने उनको भनाई थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्