मोतिराज खनालको तिज गीत “के जमना आयो” सार्वजनिक
काठमाडौं । मोतिराज खनालको शव्द तथा संगित रहेको मौलिक तिज गीतको म्युजिक भिडियो संवाद क्लव नेपालको सभाकक्षमा बिमोचन भएको छ । नजिकै आइरहेको हरितालीका तिजको अवसर पारेर तिज गित बजारमा आउने क्रम जारी छ । एप्पल मिडिया एण्ड एड्भरटाइजिङ्गले नयाँ तीजको गित बजारमा ल्याएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बिच के जमना आयो नामक तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्र गीतका सर्जक मोतिराज खनालको शव्द तथा संगित रहेको मौलिक तिज गीतको म्युजिक भिडियो संवाद क्लव नेपालको सभाकक्षमा बिमोचन भएको हो । गितमा गायक मोतिराज खनाल र गायिका कमला पोखरेलको आवाज रहेको छ ।
मदन खड्काको निर्देशनमा तयार भएको के जमाना आयो गीतको भिडियोलाई बिरेन्द्र भट्टले छायांकन गर्नु भएको हो । त्यस्तै, चर्चित कमेडियन कलाकार शेखर खनाल ९भुईकटर ० र अंशु महर्जन ९हात्ति०को दमदार अभिनय रहेको छ । अनिल रानाले कभर डिजाइन गर्नु भएको हो । एप्पल मिडियाको आधिकारिक युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय परम्परा अनुसार मौलिक गीत ओझेलमा पर्दै गएपछि विगतका झल्को मेटाउनको लागि यस गीत बजारमा ल्याएको गायक मोतिराज खनालले बताउनु भयो । गायक खनालले यस अघि पनि थुप्रै गित बजारमा ल्याउनु भएको छ । गत बर्षको सधै तमासा गितले राम्रो बजार पाउन सफल भएको थियो । यस पालि पनि यस गितले राम्रो चर्चा पाउने आशा खनालको रहेको छ ।
गितको बिमोचन पूर्व सिडियो बिष्णु बहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व एप्पल मिडियाका अध्यक्ष तथा बरिष्ठ पत्रकार एवंम यस म्युजिक भिडियोका निर्माता तथा परिकल्पनाकार श्रीधर खनालले गर्नु भएको थियो । कार्यक्रको संचालन शेखर खनालले गर्नु भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मोतिराज खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्