तारकेश्वर नगर स्तरीय गायन, नृत्य र अभिनय प्रतियोगिताको दोस्रो चरण सम्पन्न
तारकेश्वर काठमाडौ । तारकेश्वर नगर स्तरीय गायन, नृत्य र अभिनय प्रतियोगिताको दुई चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ।
बाल बालिकाहरुलाई कोरोनाको त्रास बाट मुक्त गराउन सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको छ।
निर्णायकहरुले दिएको अंकको आधारमा गायनमा ६ , अभिनयमा ४ र नृत्यमा १६ जाना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिता अबको केही समयमानै फाइनल हुने कार्यक्रम संयोजक अमृत ढकालले बताउनुभयो।
कार्यक्रमका निर्णायकका रुपमा किशोर भण्डारी दिट्ठा साब ,सुमा लामिछाने , अजय अधिकारी सुशील , सिता सुवेदी , सुशील फुयाँल लगायतका कलाकार रहेका छन ।
तारकेश्वर भित्र धेरै प्रतिभाहरु रहेछन्, यस्तो थाहा पाउँदा र उनीहरुलाई हेर्न पाउँदा आफू ज्यादै खुसी रहेको कलाकार किशोर भण्डारी दिट्ठा साबले बताए ।
डर र त्रासको बीच यो कार्यक्रम गरिएकोले धेरै बालबालिकाहरू छुट्नुभएको छ त्यसैले आगामी दिनहरूमा यस्ता किसिमका थुप्रै कार्यक्रम हरु सबैलाई समेटेर ल्याउने कार्यक्रमका निर्देशक सुशील फुयाँलले बताए।
कार्यक्रममा अतिथि निर्णायकका रूपमा एक खुट्टाले शास्त्रीय नृत्य गर्ने सिता सुवेदीले सबैलाई केही समय आफ्ना कुरा हरु राखेर संघर्षका कुरा हरु बताएर प्रेरित गर्नुभयो।

केही समय पछि भव्य समारोहका बीच कार्यक्रमको फाइनल र तारकेश्वर सांस्कृतिक प्रतिष्ठानको समुद्घाटन हुनेछ।
प्रतिष्ठानका लागी तारकेश्वर भित्र रहनुहुने सबै कलाकारहरुलाई एकीकृत गर्ने कार्य भइरहेको छ। यसले अब आउने पिडी हरुलाई सांस्कृतिक रूपमा अघि बढ्न मद्दत गर्नेछ। तारकेश्वर सांस्कृतिक प्रतिष्ठानका प्रणेता, कलाकार एवम् संयोजक अजय अधिकारी सुशीलले बताए।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तारकेश्वर नगर स्तरीय गायन, #तारकेश्वर सांस्कृतिक प्रतिष्ठान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्