‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक
‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गितकार रहेको गिती संग्रहमा कुल ५ वटा गितहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा गिति संग्रह तयार भएको हो । शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा वढि सडक मानवहरुलाई खाना खुवाउँदै उनिहरुको हातबाट नै गिती संग्रह सार्वजनिक गरिएको थियो ।
एक पुरुष र एक महिला सडक मानवलाईनै प्रमुख अतिथि बनाएर उनीहरुको हातबाट सार्वजनिक गरिएको थियो । गिती संग्रहमा ५ वटा गितहरु समावेश रहेका छन् जसमध्ये ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिदैन प्रस्वास’ लाई प्रधानमन्त्री केपी ओलीले रचना गर्नु भएको हो भने शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ ,’हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखि जनता नाँचको’मा रमेशकुमार पौडेलले रचना गर्नुभएको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिनभएको छ , त्यसैगरि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बोलको गितमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ ।’
मुर्झिएका सपनाहरु विउँझायौ तिमिले’मा रमेशकुमार पौडेलले रचना गर्नु भएको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ । पाँचौ गित ‘पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो’ मा विपिन किरणको रचना .बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ । किरण क्रियसनले बजार व्यवस्थापन गरको गिति संग्रहमा संगित संयोजन आमोश तामाङको रहको छ भने सम्पुर्ण गितमा प्राज्ञ शान्तिराम शान्तिराम राई ले संगित भर्नु भएको छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल , सुखि नेपाली बनाउँनको लागी लिनुभएको पहलकदमीलाई जनतामाझ लैजानको लागी गिति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सम्वृद्ध नेपाल सुखि नेपाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्