Techie IT
आईतबार, असार २८,२०८३

वाणिज्य बैंकहरुको खुद नाफा ६४ अर्ब ४७ करोड, कुनले कति कमाए ?


काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को जेठ मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कुल ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो।

बैंकहरूले सार्वजनिक गरेको ११ महिनाको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यही अवधिमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो। यस वर्ष भने नाफामा करिब १० अर्ब ५० करोड रुपैयाँ वृद्धि भएको देखिएको छ।

यस अवधिमा नबिल बैंकले सबैभन्दा बढी ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाउँदै शीर्ष स्थान कायम गरेको छ। त्यसपछि ग्लोबल आइएमई बैंक ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ।

नाफा वृद्धिदरका आधारमा भने कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ३७ करोड रुपैयाँको तुलनामा १,१६८।४५ प्रतिशतले बढी हो।

कुन बैंकले कति कमायो नाफा ?


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #वाणिज्य बैंकहरुको खुद नाफा


तपाईको कमेन्ट लेख्नुहोस्