Techie IT
बिहीबार, असोज २२,२०८३

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा


काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनको आज काठमाडौमा सम्पन्न दशौँ वार्षिक साधारण सभाले दिपक कुमार मलहोत्राको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिव प्रभाकर शम्शेर थापा तथा कोषाध्यक्ष रक्षित कुमार भिमसारिया चयन हुनुभएको छ। त्यसैगरी सदस्यमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा सर्वसम्मत चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष मलहोत्राले संस्थालाई सर्वसम्मत रुपमा नयाँ नेतृत्व प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा पदाधिकारीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन तथा व्यवसायीका साझा समस्याको समाधानका लागि सम्बन्धित सरकारी निकाय एवं सरोकारवाला पक्षसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, नवनिर्वाचित उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसायको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर आगामी कार्य अघि बढाउने बताउनुभयो।

साधारण सभामा उपाध्यक्ष सञ्जय अग्रवालले एसोसिएसनको वार्षिक कार्यप्रगति विवरण तथा कोषाध्यक्ष प्रभाकर शम्शेर थापाले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

सभामा सदस्यले एशोसिएसनको कार्यसम्पादन, मोबाइल फोन व्यवसाय क्षेत्रमा देखिएका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या तथा एशोसिएसनको आगामी कार्यदिशाका सम्बन्धमा आफ्ना धारणा र सुझाव प्रस्तुत गर्नुभएको थियो।


क्याटेगोरी : अर्थ


तपाईको कमेन्ट लेख्नुहोस्