नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासो
चीनको ग्वाङदोङ प्रान्त सरकार तथा त्यहाँ रहेका साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीसँगको सहकार्य र व्यापार प्रवर्द्धनका लागि चासो देखाएका छन् ।
नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधिसहितको टोलीले सङ्घीय सरकार, प्रदेश सरकारका मन्त्री तथा सचिवसँग भेट गरी साना तथा मझौला व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्न इच्छुक रहेको बताएको हो ।
चिनियाँ टोलीले नेपाली व्यवसायीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रियकरण गरी बजार प्रवर्द्धनका लागि उपयुक्त अवसर प्रदान गर्न आफूहरू तयार रहेको बताएको छ ।
चीनको ग्वाङदोङ प्रान्तका उद्योग, सूचना तथा प्रविधि विभाग उपमहानिर्देशक वान सुपिङ्ग नेतृत्वको टोलीले साना तथा मझौला व्यवसायी महासङ्घ नेपालको समन्वयमा बागमती प्रदेशका उद्योग मन्त्री विन्दु श्रेष्ठसँग भेट गरी व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव गरेको छ । यस्तै चिनियाँ व्यवसायी टोलीले साना तथा मझौला व्यवसायी महासङ्घ नेपालका पदाधिकारीलगायत व्यवसायीसँग छलफल गरेको थियो ।
ग्वाङदोङ प्रान्तका उद्योग सूचना तथा प्रविधि विभाग उपमहानिर्देशक सुपिङ्गले प्रविधि तथा सीप मेलामा सहभागी हुन सबै नेपाली व्यवसायीलाई आह्वान समेत गरे ।
क्याटेगोरी : अर्थ
ट्याग : #चीन मझौला व्यवसायी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्