नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह
कात्तिक । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र वित्तीय सेवा लगायतका क्षेत्रमा विशाल सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारसँग मिलेर महासंघ सक्रिय रूपमा काम गरिरहेको छ ।’
उनका अनुसार हालै स्थापना गरिएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपिएल) मार्फत अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले प्रत्यक्ष रूपमा नेपालमा लगानी गर्न सक्ने अवसर खुला गरिएको छ ।
ढकालले सम्मेलनमा आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालको आर्थिक विकासमा योगदान गर्न आग्रह गरे ।
उनले भने, ‘आउनुहोस्, आफ्नो मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालमा लगानी गरौँ । तपाईंहरूको योगदानले नेपालको आर्थिक विकास मात्र होइन, हाम्रो पहिचान पनि सुदृढ हुनेछ ।’
क्याटेगोरी : अर्थ
ट्याग : #चन्द्रप्रसाद ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्