नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह
 
	
				
			कात्तिक । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र वित्तीय सेवा लगायतका क्षेत्रमा विशाल सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारसँग मिलेर महासंघ सक्रिय रूपमा काम गरिरहेको छ ।’
उनका अनुसार हालै स्थापना गरिएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपिएल) मार्फत अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले प्रत्यक्ष रूपमा नेपालमा लगानी गर्न सक्ने अवसर खुला गरिएको छ ।
ढकालले सम्मेलनमा आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालको आर्थिक विकासमा योगदान गर्न आग्रह गरे ।
उनले भने, ‘आउनुहोस्, आफ्नो मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालमा लगानी गरौँ । तपाईंहरूको योगदानले नेपालको आर्थिक विकास मात्र होइन, हाम्रो पहिचान पनि सुदृढ हुनेछ ।’
क्याटेगोरी : अर्थ
ट्याग : #चन्द्रप्रसाद ढकाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+





 
					 
					 
					 
					
तपाईको कमेन्ट लेख्नुहोस्