काठमाडौको टोखामा सिभिल बैंकको नयाँ शाखा
काठमाडौ । सिभिल बैंकले काठमाडौको टोखामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ।
टोखा शाखा सहित सिभिल बैंकको ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
शाखा स्थापनाको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम समाजिक संस्थाहरुलाई साहयता पनि उपलब्ध गराएको थियो।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन सिभिल बैंकका अध्यक्ष ई। ईच्छा राज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरेका छन। टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको थियो ।
शाखा उद्घाटनको अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ , प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग ,टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , बिभिन्न वडाका जनप्रतिनिधिहरु लगायतको बाक्लो उपस्थीती रहेको थियो ।
सिभिल बैंकले हालसम्म ४ लाख ३० हजार ग्राहकलाई सेवा दिइरहेको बताएको छ। उसले ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व कर्जा प्रवाह गरेको जनाएको छ।
क्याटेगोरी : अर्थ
ट्याग : #टोखामा सिभिल बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्