भृकुटीमंडपमा चेम्बर एक्स्पो शुरु हुने
काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले च्याम्बरको केन्द्रिय कार्यालय भवनमा मंगलवार पत्रकार सम्मेलन गरि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु हुने जनाएको छ । पत्रकार सम्मेलन माझमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात प्रवद्र्धन तथा बैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यका साथ चौथो इन्टरनेशनल चेम्बर मेला गर्न लागिएको बताए ।
१ सय ९० वटा स्टल रहने सो मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाएन्स लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ । ५ दिन सम्म चल्ने सो मेलामा ब्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सुचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनले गुणस्तरीय सामान प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ मेलामा उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धिलाई प्राथमिकता दिइने पनि बताए ।
त्यस्तै, निकासी अभिबृद्धिको उद्देश्य लिएको चेम्बरले प्रदर्शनी मार्फत निकासी योग्य बस्तुको प्रवर्दन गर्न ब्यापारीक समुदायलाई प्रोत्साहन गर्ने बताएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय एवं ब्यापार तथा निकासी प्रवर्दन केन्द्रको सहकार्यमा हुन लागेको सो मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान लगायतका देशहरुको सहभागिता रहनेछ । मेला बिहीबार देखी सोमबारसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #चेम्बर एक्स्पो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्