भारतीयको धान बेच्ने बजार नेपाल
झापा । भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्ज– ४ स्थित नेपाल र भारतको सीमामा भेटिए । उनले साइकलमा करिब दुई सय किलो धान बोकेका थिए । त्यो धान भारतमा उनी आफैँले उत्पादन गरेका हुन् ।
नेपालमा धान बिक्री गर्न आएका हुन्, मनोजकुमार । उनीहरूका लागि भारतीय बजार टाढा छ । भारतीय बजारमा धानको मूल्य पनि कम छ । नेपालतर्फ सीमा नजिकै राखिएको काँटामा उनीहरू धान लिएर आउँछन् । ‘यो हामीले नै फलाएको धान हो । हाम्रोमा भन्दा यहाँ भारु एक सय बढी आउँछ । त्यसकारण नेपाल नै धान लिएर आउँछौँ,’ उनले भने, ‘हामी साइकलमै धान ओसार्छौँ ।’
नाकामा प्रायः धान लिएर आउनेको लाइन नै हुन्छ । सशस्त्र प्रहरीले किसानले बिक्रीका लागि ल्याएको धान भनेर सहजै भित्र्याउन दिन्छ । ‘विगतदेखि नै कृषकले ल्याउने गरेका छन् । नाकामा सामान्य वारिपारका कृषकको समस्या बुझ्नुपर्छ,’ नाकामा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले भने ।
कृषकलाई भारतमा बजार पनि टाढा पर्छ । भारतमा नेपालभन्दा पनि कम मूल्य रहेकाले नेपालतर्फ बिक्रीका लगि धान ल्याएको भारतीय नागरिक हरिहरप्रसाद सिंह बताउँछन् ।
‘हाम्रो उताको बजार लान टाढा पनि छ, भाउ पनि राम्रो छैन,’ उनले भने, ‘नेपालमा ल्याउँदा क्वीन्टलको भारु १४ सयसम्म आउँछ, हाम्रै देशको बजारमा १३ सय भारु मात्र आउँछ, एक सय फाइदा हुन्छ, यसकै लागि हामी नेपालमा धान ल्याउँछौँ ।’
नाका नजिक नवदुर्गा धान खरिद बिक्री केन्द्र संचालन गरिरहेका जितेन्द्र दासले सीमावर्ती अधिकांश भारतीयले नेपालमै धान बिक्रीका लागि ल्याउने गरेको बताए ।
उनका अनुसार भारतभन्दा नेपालमा धानको मूल्य धेरै भएकाले कृषक नेपालतर्फ नै धान ल्याएर आउने गरेका छन् । ‘मेरोमा आउने धान ८५ प्रतिशत नेपालीले ल्याएका हुन्छन् भने १५ प्रतिशत धान भारतीयले ल्याएका हुन्छन्,’ उनले भने, ‘नेपालमै ल्याउन उनीहरूलाईसजिलो छ । भारतको भन्दा मूल्य पनि यता राम्रो छ ।’
क्याटेगोरी : अर्थ, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्