जिम्मेवारी पूरा नगरेको भन्दै नेपाल राष्ट्र बैकका गभर्नर अधिकारी निलम्बित
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्य अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ ।
गभर्नर अधिकारीलाई आज निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उनी स्वतः निलम्बनमा परेको बताइएको छ ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको स्रोतले जनाएको छ ।
राष्ट्र बैंकका एक जना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा परेको र उनको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिएको बताइएको छ ।
क्याटेगोरी : अर्थ, स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्