घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंकबीच सम्झौता
लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंक लिमिटेडबीच सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पु¥याउन सहज हुने बताउनुभयो भने बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गर्नुभयो ।
महासङ्घ र बैंकबीच भएको सम्झौताअनुसार १० किसिमका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिनेछ ।
क्याटेगोरी : अर्थ
ट्याग : #मेगा बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्