महिला चेम्बरको व्यापारमेला सकियो
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा आयोजित तीनदिने व्यापारमेला आज समापन भएको छ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको मेलाका उत्कृष्ट उत्पादकलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुस्कार वितरण गर्दै महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुने विचार व्यक्त गर्नुभयो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीको बजारीकरण गर्न मेला सफल भएको बताउनुभयो । मेला आयोजक महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा तुल्याउन आवश्यक भएको बताउनुभयो । उत्कृष्ट उद्यमी मण्डला सिल्कलाई प्रथम, अग्नि नेपाल प्रालिलाई द्वितीय र गोर्खा चेम्बर अफ कमर्सलाई तृतीय पुरस्कार पनि महानिरीक्षक खनालले प्रदान गर्नुभयो ।
मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्तालगायत ९० उद्यमीले भाग लिएका थिए । मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला चेम्बरको व्यापारमेला सकियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्