सरकारले भारतीय राजदूतलाई बोलाएर दियो ‘कुटनीतिक नोट
काठमाडाैँ २९ वैशाख। सरकारले लिपुलेकमा भारतले नेपाली भुमी मिचेर सडक बनाएकाेबारे भारतीय राजदूत छलफल गरेकाे छ ।
साेमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई सिंहदरवारस्थित मन्त्रालयमा बाेलाएर परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी लिएको हाे । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाली भूभाग भित्र रहेको लिपुलेकमा बिना सूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कुटनीतिक नोट’ समेत दिइएको छ ।
भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो। भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।
परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमको विरोध गर्दै सीमा समस्याको हल गर्न वार्ता गर्नु पर्ने बताएको छ। तर भारतले भने त्यस्तो वार्ता कोरोनाभाइरसको महामारी सकिएपछि मात्र गर्ने उत्तर दिएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेपाली भूभाग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्