बजेट संशोधन गर्दै सरकार, ‘टेक एन्ड पे’ नीति हटाईने
काठमाडौं — आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको ‘टेक एन्ड पे’ विद्युत खरिद नीति अन्ततः फिर्ता लिइने भएको छ।
ऊर्जा मन्त्री दीपक खड्काको कडा असहमति र निजी ऊर्जा उत्पादकहरूको तीव्र विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बजेट संशोधन गर्ने सहमति जुटेको हो। यसबारेमा बसेको राजनीतिक संयन्त्रको बैठकले पनि नीति संशोधन गर्नुपर्ने निर्णय लिएको छ।
बजेट वक्तव्यको बुँदा नम्बर २२७ मा विद्युत उत्पादन र खपत सन्तुलन गर्न तथा रन अफ रिभर (Run-of-River) जलविद्युत आयोजना अनुरूप ‘टेक एन्ड पे’ आधारमा खरिद सम्झौता गरिने उल्लेख गरिएको थियो। साथै, आयोजनाको निर्माण तालिकासँग मिलाएर सबस्टेसन तथा प्रसारण लाइन बनाइने उल्लेख गरिएको थियो।
—
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking, #टेक एण्ड पे, #बजेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्