सनसिटी अपार्टमेन्टका ३०० को नमूना परीक्षण रिपोर्ट नेगेटिभ, खुशियालीमा नाचगान
काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लगका २४६ बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी)को रिपोर्ट नेगेटिभ आएको छ ।
अपार्टमेन्टको ‘ए’ ब्लगको १५ औं तलामा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो ब्लकका सबैको आरडिटी विधिबाट नमूना परीक्षण गरिएको थियो ।
सो क्रममा करिब ३०० को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
सबैको रिपोर्ट नेगेटिभ आएको खुशियालीमा अहिले अपार्टमेन्ट परिसरमा नमूना दिएकाहरुले खुशियालीमा घण्टी बजाउँदै र गीत लगाउँदै नाचगान गरिरहेका छन् ।
निकै ठूलो होहल्लाको साथ त्यहाँ नाचगान चलिरहेको प्रत्यक्षदर्शी निलगिरी टोल सुधार समितिका अध्यक्ष खेम दंगालले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सनसिटी अपार्टमेन्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्