प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ : तामाङ
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री तामाङले खर्चिलो निर्वाचन प्रणालीले विकास थिलोथिलो भएको र भ्रष्टाचार मौलाएको जनाउँदै अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
निर्वाचन जितेपछि जनताप्रति होइन, निर्वाचन खर्चप्रति बफादार बन्नुपर्ने अवस्थाले भ्रष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “म हार्दिक आह्वान गर्दछु, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ, संसद् पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्छ ।
” विकास खर्चभन्दा साधारण खर्च ६० प्रतिशतले बढ्दै गएको जनाउँदै उहाँले संरचना घटाएर विकासमा खर्च गर्न सकिने बताउनुभयो । महँगो शासकीय स्वरुप परिवर्तन गरी जनताको आकाङ्क्षा सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सात सय ५३ स्थानीय तहलाई घटाएर ३५० को हाराहारीमा बनाउन तथा राजधानीको विकास गर्न बृहत् काठमाडौँ उपत्यका विकास प्राधिकरण बनाएर जानुपर्ने सुझाव पनि उहाँले दिनुभयो । कालापानीमा सीमा सुरक्षाचौकी माग नेकपाकै भीमबहादुर रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षाचौकी स्थापना गर्नका लागि तदारुकताका देखाउन माग गर्नुभयो । सीमा सुरक्षा सर्वाधिक प्राथमिकतामा पर्ने भएकाले उल्लेख्य बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । भारतीय फौजको उपस्थिति हटाउन भारतलाई पत्राचार गर्न पनि उहाँले आग्रह गर्नुभयो । प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने र असमान सन्धिसम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा सदनलाई जानकारी गराउन उहाँले सरकारसँग माग गर्नुभयो । नागरिकता विधेयकलाई अविलम्ब अघि बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुयो ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका गगनकुमार थापाले जनचासोका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताउनुभयो । “प्रधानमन्त्री सदनमा आउनुपर्छ”, उहाँले भन्नुभयो, “ उहाँले प्रतिपक्षको प्रश्नको सामना गर्नुपर्छ ।” सांसद थापाले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि ‘रुलिङ’ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको अभिव्यक्ति व्यवहारमा नदेखिएको आरोप पनि उहाँले लगाउनुभयो । ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #शेरबहादुर तामाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्