नेकपा केन्द्रीय कमिटी बैठकमा ११ समूहको प्रतिवेदन पेस
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको प्रतिवेदन प्रस्तुत भइरहेको छ। समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन पनि शीर्ष नेतृत्वसामु प्रस्तुत भइरहेको हो।
यसअघि शुक्रबारको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका छन।

११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा विभिन्न समूहका नेताहरुले समूह सदस्य दिएको सुझावका आधारमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिएका थिए। बैठकले समुहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गरिनेछ।
बैठकले नेकपाको प्रस्तावित महाधिवेशनको मितिकाबारेमा आवश्यक निर्णय गर्नेछ भने पार्टी सुदृढीकरणकका लागि देशव्यापी रुपमा संचालन हुने ५ महिने अभियानको निर्क्यौल गर्नेछ। एमसीसी र पोलिटब्यूरो गठनका बिषयमा भने पार्टी सचिवालयलाई नै निर्णय गर्ने गरी छाडिने तयारी भएको बुझिएको छ। बैठक आइतबार समापन हुनेछ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा केन्द्रीय कमिटी बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्