७० बर्षिय वृद्धाको हत्यामा संलग्न धादिङका मंगल गुरुङ कारागार चलान
गाउँपालिका–४ हजारेकी ७० वर्षीया वृद्धा सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका मंगल गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
धादिङ जिल्ला अदालतको थुनछेक आदेशले प्रतिवादी गुरुङलाई पुर्पक्षका लागि कारागार कार्यालय धादिङमा पठाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार टाउको, घुच्चुक, अनुहारको बायाँ भाग, गर्धनको बायाँ भाग र शरीरका विभिन्न भाग समेतमा पटक–पटक धारिलो हरियार प्रहार गरी १३ असोजमा निर्ममतापूर्वक हत्या भएको थियो । हत्या स्वीकार गरेका गुरुङ सुकमायाका भतिजा नाता पर्ने व्यक्ति हुन् ।
नेत्रावती डबजोङ गाउँपालिका– ४ हजारेस्थित घरनजिकैबाट गोठमा लुकिछिपी बसेको अवस्थामा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ गर्दा गुरुङले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायालाई कर्तव्य गरी मारेको स्वीकार गरेको थिए ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्