सिलिचोङ जोड्ने पुल र सडक निर्माण गर्ने जिम्मा गठबन्धन दलले लिन्छ – दिपक खड्का
ताम्कु (संखुवासभा) – संखुवासभामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले जिल्लाको अरुणपारीको दुर्गम सिलिचोङ गाउँपालिका जोड्ने सडक र पुल निर्माण आफ्नो जिम्मेवारी भएको बताउनुभएको छ ।
सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा आयोजित गठबन्धन दलहरुको भेलालाई सम्बोधन गर्दै खड्काले सदरमुकाम खाँदबारीबाट नजिक रहेर पनि विकासमा पछाडि परेको सिलिचोङका बासिन्दाको कष्टबारे आफू पूर्ण जानकार रहेको बताउनुभयो । यो गाउँपालिका जोड्ने सडक र पुल निर्माण मेरो जिम्मा भयो, गर्ने इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्नेमा विश्वास गर्छु । म जे बोल्छु, गरेर देखाउँछु, उँहाले भन्नुभयो, झण्डै साढे २ वर्ष लाग्दो रहेछ पुल निर्माण सक्न । ढिलासुस्ती गर्ने ठेकेदारलाई पुच्छर निमोठ्न मात्र बाँकी छ । बजेट पुगेन भने बजेट ल्याउने काम मेरो हो । यो सडक निर्माण गर्ने काम यही गठबन्धनले गर्छ । यदि कहीं कतै गठबन्धन रहेन भने तपाईंको उम्मेदवार तपाईंहरुले विजय गराउँदै गर्दा म गर्छु । प्रदेशसभा उम्मेदवार राजेन्द्र कार्कीले पनि आफ्नो प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

पालिका अध्यक्ष र उपाध्यक्ष तथा वडामा पनि गठबन्धनकै जनप्रतिनिधि निर्वाचित भएको खड्काले उल्लेख गर्नुभयो । विगतमा खर्च हुन नसकेर बजेट फ्रिज भएको उल्लेख गर्दै उँहाले अब बजेट अपुग भएमा जुटाउने काम संघीय सांसदको भएकाले त्यो आफूले गर्ने बताउनुभयो । तर, जनप्रतिनिधिले जनताले प्रश्न गर्ने गरी काम गर्न नपाउने उँहाले बताउनुभयो । र, त्यसको निगरानी पनि आफूहरुले गर्ने बताउनुभयो ।

खाँदबारीबाट जम्मा ३४ किमी टाढाको सिलिचोङ जोड्ने अरुण नदीको पुल निर्माण र सडक स्तरोन्नती नहुँदा यो गाउँपालिकाका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन् ।
अर्को प्रसंगमा सशस्त्र द्वन्द्वकालमा बन्द भएको सिलिचोङबाट मेरापिक चढ्न जाने रुट पुनः शुरु गराउने दायित्व पनि आफ्नो भएको उँहाले बताउनुभयो । र, त्यसका लागि पर्यटन क्षेत्रका व्यवसायीहरुसँग छलफल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

क्याटेगोरी : निर्वाचन बिशेष, फोटो फिचर, ब्रेकिंग न्युज
ट्याग : #hot, #काँग्रेस, #गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्