काठमाण्डौं मलमा उद्योग वाणिज्य संघका कर्मचारी माथि आक्रमण
काठमाडौं, २० पौष- काठमाण्डौं मलमा उद्योग वाणिज्य संघ काठमाण्डौँका कर्मचारी माथि आक्रमण भएको छ । ब्यवसाय माथि भईरहेको दमन र समस्या विषयमा काठमाण्डौं मलका ब्यपारीहरुले पहल गर्दिन अनुरोध गरेपछि शुक्रवार उद्योग वाणिज्य महासंघमा छलफलका लागि कार्यक्रम तय गरिएको थियो ।
सोहि कार्यक्रमको निमन्त्रणा दिन गएका उद्योग वाणिज्य संघ काठमाण्डौंका कर्मचारीलाई काठमाण्डौं मल कब्जा गरेर बेसेका गुन्डाहरुले आक्रमण गरेका हुन ।
मलका कार्मचारीका अनुसार मललाइ अर्निणयको बन्दि बनाएर मल कब्जा गरेर बसेका नाईके केशब सापकोटाको ठाडो निर्देशनमा उद्योग वाणिज्य संघका कार्मचारी माथि आक्रमण भएको हो । सन्चयकोषले काठमाण्डौ मलका ब्यपारीहरुलाई पुष देखि पैसाको कारोवार कोहि संग नगर्नु भन्ने सुचना गोर्खा पत्र मार्फत जारी गरीसके पनि पुष महिनाको भाडा राजु गोर्खाली लाई दिनु पर्छ भन्दै आफैले बनाएको समितिको खातामा पैसा हाल्न थर्काउदै आएपछी मलका ब्यवसायीहरु उद्योवाणिज्य संघ काठमाण्डौमा पुगेका थिए ।
महानगरीय प्रहरी वृत्त जनसेवा (डिएसपी) टेकुनन्द इवा लिम्बुका अनुसार घटनाको जानकारी आई सकेको र काठमाण्डौं जिल्ला प्रशासन र महानगरीय प्रहरी परिसर काठमाडौंकोमा समेत जानकारी गराइसकेको र थप अनुसन्धान गरीरहेको बताए । उद्योग वाणिज्य संघ काठमाण्डौंले भने सम्वन्धीत निकायहरुमा उजुरी दिने बताएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्