समाज विकास र सामाजिक कार्यमा एकताबद्ध भएर लाग्नुपर्छ–उपप्रम पोखरेल
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं हनुमन्ते नदी सफाइ सामाजिक सेवा उद्घाटन कार्यक्रममा उहाँले सामाजिक कार्यमा कसैले पनि राजनीति गर्न हुँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो,“भक्तपुरमा सञ्चालन भइरहेको हनुमन्ते नदी र अरनिको राजमार्ग सफाइ अभियान देशकै नमूना अभियान भएको छ, यो अभियानले समाजलाई एकताबद्ध बनाएर लैजानुको साथै जनतालाई उत्प्रेरणा दिइरहेको छ, अब भक्तपुर नमूनायोग्य जिल्ला बन्ने छ ।”
भक्तपुरको दुबै अभियानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै उहाँले यो अभियानमा नेकपा र नेपाली काँग्रेससँगैसँगै लागेर उदाहरणीय कार्य गरेको भनाइ राख्नुभयो । राजनीतिमा प्रतिस्पर्धा गरेपनि जनताको समृद्धिमा सबै दल मिलेर जानुको विकल्प नरहेको औल्याउँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारा एउटा पार्टीको नारा नभई सबै नेपालीको नारा हो, यो नारालाई व्यवहारबाटै सफल पार्नु भनेको देशलाई समृद्धिको खुट्किला चढाउनु हो ।”
उहाँले सार्वजनिक जग्गा, सडक, नदी, सम्पदा अतिक्रमण गर्नु सामाजिक अपराध भएको बताउँदै कुनै पनि पार्टीको झण्डा, सोर्सफोर्स, नेता वा कुनै पनि ओदोहामा भएको आडमा यस्तो अपराध हुन नहुने भनाइ राख्नुभयो ।
कार्यक्रममा उहाँले भक्तपुरमा आइपर्ने कुनै विपदका लागि आवश्यक पर्ने विपद् व्यवस्थापनका रु २० लाख बराबरको बञ्चरो, साबेल, हेम्बर, पानी बोट, पिक, पञ्जा, स्टेचरलगायतका सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले अरनिको राजमार्गको तेस्रो चरणको अभियान शुरु हुने बताउनुभयो । उहाँले हरेक बुधबार अरनिको राजमार्ग र हरेक शनिबार हनुमन्ते नदीको सफाइलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सांसद डा राजेन्द्रमान श्रेष्ठ, शशीजङ्ग थापा, रजनी जोन्छे, सूर्यविनायक नपाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठ, चागुनारायण नपाका प्रमुख सोम मिश्र, नेकपाका केन्द्रीय सदस्य दिलीप प्रजापति, नेकपाका भक्तपुर अध्यक्ष वचन देउजा, नेपाली काङ्ग्रेस भक्तपुर सभापति दुर्लभ थापालगायतले सफाइ अभियान प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्