चौतर्फी विरोधपछि जोर बिजोर प्रणाली हट्यो
सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा मंसिर ६ गते बिहिबार देखि लागू गरेको जोर बिजोर प्रणाली हटाएको छ ।
एशिया प्यासेफिक सम्मेलनलाई लक्षित गर्दै चार दिनको लागि घोषण गरेको जोर बिजोर प्रणालीको चौतफी विरोध आएपछि आज शुक्रबार साढे ११ बजे देखि हटाउने भएको हो ।
सर्वसाधारण जनताले दुख पाएको भन्दै चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको निर्देशनमा जोर बिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सम्मेलनलाई लक्षित गर्दै विशिष्ट अतिथिको आवागमन सहज बनाउन मंसिर १३ गते देखि १६ सम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #जोर बिजोर प्रणाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्