समुदायबाटौ अपराधको नियन्त्रण गर्ने तारकेश्वरमा समुदाय प्रहरी समिति गठन
पुकार तिमल्सिना
गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ ।
नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको बताउँछन् ।
यसै बिच तारकेश्वर नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई कार्यन्वयन गर्नको लागि नगरस्तरीय समिति गठन भएको छ ।
नगरपालिकाका प्रमुख रामेश्वर बोहोराको संयोजत्वमा समिति गठन भएको हो ।

नगरपालिका भित्र रहेका बिभिन्न संघ संस्था , नागरिक समाज र पत्रकारहरुबाट ४८ सदस्यीय समिति गठन गरिएको बालाजु प्रहरी प्रमुख चिरन्जीवी कोइरालाले बताए ।
प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत स्थानीय जनसमुदायको सहयोगमा फरार अपराधीसमेत नियन्त्रणमा लिन सहज हुने प्रहरीको बिश्वास छ ।
विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने महानगरिय प्रहरी बालाजुका प्रमुख कोइरालाले बताए ।
तारकेश्वर नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई कार्यन्वयन गर्नको लागि गठित समुदाय प्रहरी पालिका समितिका पदाधिकारी तथा सदस्यहरु

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारकेश्वरमा समुदाय प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्