रिङ् रोड भित्रका अनधिक्रित संरचना हटाउन डोजर
ललितपुर, भाद्र(२८ ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालयले रिङ् रोड भित्रका अस्थायी घर(टहरा तथा सडक पेटी क्षेत्रमा अनधिक्रित रुपमा राखीएका सामाग्री हटाएको छ । सरकारी आग्रह र निर्देशनको बेवास्ता गर्दै गैरकानुनी ढंगले सडक मापदन्ड क्षेत्र भित्र अब्यवस्तिथ तबरले कायम राखिएका अस्थायी प्रक्रितीका टहरा,पसल तथा सामाग्रीहरु हटाइेएको हो ।
ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष बिकास मान श्रेष्ठको नेत्रीत्वमा २७ गते बुधवार खटिएको टोलीमा वडा सदस्य, नगरप्रहरी बल, नेपाल प्रहरी, उपत्यका बिकास प्राधिकरणका प्रतिनिधि लगायत वडावासी सुधारक समेतको संलग्नता रहेको थियो । सम्रचना हटाउने क्रममा डोजरको समेत् प्रयोग गरिएको थियो ।

वडा कार्यालयलाई काठमाडौं चक्रपथ सुधार योजनाले गत बैशाख एक गते उक्त वडा क्षेत्र भित्रको थसिखेल, महालक्ष्मी स्थान, सातदोबाटो सर्भिस ट्रयाक अन्तर्गत चक्रपथको भित्री खन्डमा सडक केन्द्र रेखाबाट ३१ मिटर भित्र रहेका घर(टहरा तथा निर्माण सामाग्री हटाउन सहयोग गर्नका लागि पत्राचार भए बमोजिम वडा कार्यालयले बिगतमा घर टहरा तथा अन्य सम्रचना हटाउनका लागि ताकेता गर्दै आइरहेको थियो । । कारबाही प्रकृया अगाडि बढाउने सिलसिलामा कार्यालयले यस अघि नै स्थलगत निरिक्षण गरी सम्बन्धित धनीलाई मौखिक निर्देशन दिएको थियो भने गत हप्ता मात्र ७ दिने सूचना जारी गरेको थियो ।
वडाका अध्यक्ष बिकासमान श्रेष्ठका अनुसार सूचना जारी गरेको ७ दिन भित्रमा सम्बन्धित धनीहरुले निर्देशनको परिपालना नगरेको पाइएकाले डोजर लगाउनु परेको बताए । अध्यक्ष श्रेष्ठले यस्ता सम्रचना हटाउनुपर्ने कारण बारे खुलासा गर्दै भने ूनगरको सौन्दर्यतामा दाग लाग्न नदिन र सडक दुर्घटना हुने सम्भावनालाई कम गराउन यो कदम चालिएको हो र यस् कार्य ब्यवस्थीत शहरीकरणको लागि नै हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #संरचना हटाउन डोजर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्