विप्लवको अर्धभूमिगत गतिबिधिमा यि हुन बिप्ललाई चन्दा सहयोगी दाता
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अर्धभूमिगत गतिबिधि सञ्चालनमा नेपालका ठूला विद्यालय सञ्चालकदेखि सरकारकै केही अंगहरूले समेत नगद सहयोग गरेको खुलासा भएको छ । बुधबारको जनअास्थाले सार्वजनिक गरको विवरण अनुसार नेकपाले अाफ्नो गतिबिधि सञ्चालनका निम्ति ८१ थरीका चन्दादाताबाट अार्थिक संकलन गरेको देखिएको छ । जन अास्थाका अनुसार
यसरी विप्लवलाई हालसम्म चन्दा दिनेमा राजेश खड्काको जेम्स स्कुलले २० लाखमा डिल भएकोमा १५ दिइसकेको रहेछ । अब पाँच लाख दिन बाँकी देखियो । पूर्वसभासद् गीता राना क्षेत्रीको ग्यालेक्सी स्कुलसँग पनि २० मै डिल भएकोमध्ये १५ लाख दिइसकिएको र बाँकी पाँच लाख दिन बाँकी छ । टीएल चौधरीको नाइटिङ्गेल स्कुलले पाँचमा पाँचै लाख दिइसकेको रहेछ । हेलि एभरेष्टले १० को डिल भएमध्ये तीन लाख दिइसकेको र सात लाख दिन बाँकी देखिन्छ ।

पूर्वसभासद्समेत रहेका उमेश श्रेष्ठको लिट्टिल एञ्जल्सले २० लाख दिने बचन दिएर पाँच लाख बुझाई १५ लाखका लागि अहिलेसम्म झुलाइरहेको पाइयो । । औषधी माफिया भनेर चिनिने विशाल पण्डितले पाँच लाख दिने भनेकोमा चार लाख बाँकी राखेर एक लाखमा टारेको हिसाबसमेत त्यसैमा छ । पोहोर मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचनले १० लाखको बचन दिएका रहेछन् । कांग्रेस नेता तथा निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जिपछिरिङ लामाले १० मा १० लाखै दिइसकेका रहेछन् ।
प्रकाण्डको डायरीमा ‘दीपकबाट आएको’ भनी १५ लाख जनाइएको छ । ती ‘दीपक’ को हुन् ? मल्होत्रा, भट्ट, मनाङे भन्नेचाहिँ खुलेको छैन । शर्मा एण्ड कम्पनीका रमेश शर्माले १० लाख, चन्द्र ढकालको ग्लोबल आइएमई बैंकले १० लाख दिइसकेको रहेछ । अरु त अरु, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य प्रबद्र्धनमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले पनि विप्लवलाई १० लाख दिइसकेको डायरीमा छ । कर्मचारी सञ्चयकोषको ऋणबाट रसुवामा एक सय ११ मेगावाट विद्युत उत्पादनका लागि उक्त कम्पनी सञ्चालनमा आएको हो ।
दैनिकी अनलाइनबाट साभार
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विप्लवको अर्धभूमिगत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्