समृद्धिका लागि सूचना प्रविधि आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी अवार्डले नयाँ सम्भावना प्रदान गरेको उल्लेख गर्दै सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने बताउनुभयो ।
विकासका हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग गरिने बताउँदै उहाँले मुलुकमा सुशासन स्थापनाका लागि सूचना प्रविधि माध्यम महत्वपूर्ण छ भन्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिभिङ विथ आइसिटीको तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ वितरण गर्नुभयो ।
उहाँले विभिन्न आठ विधामा आइसिटी अवार्ड प्रदान गर्नुभएको हो ।
आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिलाई, आइसिटी प्रडक्ट अवार्ड इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफाईलाई र आइसिटी पायोनियर अवार्ड मर्कन्टाइल कम्युनिकेशन्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सञ्जीव राजभण्डारीलाई प्रदान गरिएको छ ।
यसैगरी डिजिटल गभर्नेन्स अवार्ड नेपाल प्रहरीलाई र आइसिटी मिडिया अवार्ड नागरिक दैनिकका पत्रकार सन्तोष न्यौपाने तथा नयाँपत्रिकाका पत्रकार गोपाल साउदलाई प्रदान गरिएको छ ।
सो अवसरमा मन्त्री बाँस्कोटाले सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउनेतर्फ सरकार अग्रसर भएको उल्लेख गर्दै यो अवार्डले सूचना क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो ।
आइसिटी क्षेत्रको विकास र विस्तारका लागि रचनात्मक गतिविधि आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीलगायतले सरकारले सूचना प्रविधिलाई उच्च महत्व दिई काम गरिरहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सूचना प्रविधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्