वायु सेवा निगमको वाइडबडी जहाजको व्यवसायी उडान सुरु
राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको व्यवसायी उडान सुरु भएको छ । १९ सिटको डाकोटा विमानबाट उडान सुरु गरेको नेवानिले ६० वर्षपछि २७४ सिटको बाइडबडी ए३३०–२०० सिरिजको जहाजमार्फत व्यवसायी उडान सुरु गरेको हो । नेवानिले पहिलो व्यावसायिक उडान कतारको दोहाबाट सुरु गरेको छ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त ए३३०–२०० वाइडबडी जहाजले बुधबार बेलुका ९ः२५ मा कतारको दोहाबाट व्यावसायिक उडान सुरु गरेको हो ।
असार १४ गते फ्रान्सको तुलुज सहरबाट १० करोड ४८ लाख रुपैयाँ खरिद गरिएको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको थियो । नेवानिलै नै ल्याएको दोस्रो वाइडबडी जहाजको व्यावसायिक उडान भने केही दिनबाट सुरु हुनेछ । मकालु नाम दिएको दोस्रो वाइडबडी जहाजको कलसाइन भने ‘नाइन एन–एन एएलजेट’ दिइएको छ ।
अन्नपूर्ण नाम दिइएको वाइडबडी जहाजको पहिलो उडानमै ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए ।
जहाजमा २५६ वटा इकोनोमिक क्लासका सिट र १८ वटा बिजनेस क्लासका सिट रहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्