विप्लव नेतृत्वको नेकपाले एक सय विघाभन्दा बढी जमिनमा कृषि खेती गर्दै
असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीको नेतृत्वमा उत्पादनको अभियान सञ्चालन हुन लागेको बताएका छन् । आगामी असार १५ गते धान दिवसको दिन उद्घाटन गरेर केन्द्रले ४० विघा र व्युरो, जिल्ला र जनवर्गीय संगठनले ६० विघा गरी कूल एक सय रोपनीभन्दा बढी जमिनमा उत्पादनको अभियान सुरु गर्न लागेको उनले बताएका हुन् ।
‘उत्पादनका लागि पहिलो पटक उत्पादनमा महासचिवदेखि कार्यकर्ता र जनवर्गीय संगठनहरु उत्पादनमा अभियानात्मक ढंगले सहभागी हुने निर्णय गरेका छौं । सो निर्णयअनुसार यही असार १५ गते हामी केन्द्र र जिल्लाको उत्पादनहरुको उद्घाटन गर्दै छौं । केन्द्रले बर्दिया, चितवन, सुनसरी, सिन्धुली, सल्यान लगायतका जिल्लाहरुमा ४० विघाभन्दा बढीमा उत्पादन गर्दै छ,’– उनले भने ।
पार्टीले आत्मनिर्भर उत्पादन र आत्मनिर्भर नीतिलाई अगाडि सारेको उनले बताए । व्युरो, जिल्ला, जनवर्गीय संगठन, राष्ट्रिय मुक्ति मोर्चा, जातीय मुक्ति मोर्चा सबै यो अभियानमा सहभागी भइरहेकोसमेत बताए । यो नेपालको राजनीतिक आन्दोलनको पहिलो प्रयोग भएको र निकै प्रभावकारी हुने उनले बताए । यस अभियानको उद्घाटन असार १५ गते हुने उनको भनाई छ ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #विप्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्