अखिल नेपाल किसान महासंघ बागमति प्रदेश अधिवेशन : एक राज उप्रेतीको अध्यक्षतामा ५१ सदस्य कमिटि गठन
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बागमति प्रदेशको प्रथम एतिहासिक अधिवेसन सम्पन्न भएको छ ।काठमाडौं गोगंबुमा भब्य कार्यक्रमको उद्घाटन नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको थियो । सो भेलालाई उद्घाटन गर्दै पुर्व उपप्रधान एवं रक्षामन्त्रि समेत रहनु भएका पोखरेलले किसानको बिकास र समृद्धिले मात्र देश बिकास सम्भव हुने बताउनु भएको छ । उहाँले भूमिहिन किसानको समस्या समाधान गरि कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई ब्यबस्थित गर्नुपर्ने आजको आबश्यकता रहेको बताउनुभयो ।
सोही अवसरमा कार्यक्रमका बिशेष अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले किसानलाई स्मार्ट कार्ड वितरण गर्न आग्रह गर्नुभएको छ । उहाँले किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मुल्य सरकारले तोक्नुपर्ने धारणा समेत राख्नुभयो ।
बागमति प्रदेशका बिभिन्न जिल्लाबाट करिव पाँचसय जनाको प्रतिनिधित्वमा अधिवेशन सत्र समेत सम्पन्न भएको छ ।
जसमा निम्न अनुसारको पदाधिकारी सहित ५१ सदस्य कमिटि सर्बसम्मत रुपमा चयन गरिएको छ ।
अध्यक्ष : एक राज उप्रेती
उपाध्यक्ष : प्रतिमा पाण्डे
उपाध्यक्ष : बासु भट्ट
सचीव : शंकर कार्की
कोषाध्याक्ष : बिकाश रिमाल
उप सचीव : राजकुमार बोलखे
उप सचीव : रेखा आचार्य
कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुने छ । भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढंगले उठानगरि अगाडी बढाउने बताइएको छ ।
हेर्नुहोस कार्यक्रमको पूर्ण भिडियो :
https://www.facebook.com/sajhapana/videos/746030957211908
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #अखिल नेपाल किसान महासंघ बागमति प्रदेश अधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्