सामाजिक अभियानमा मुस्ताङका युवाहरु सक्रिय
मुस्ताङ । नयाँ बर्ष २०७६ को अवसरमा मुस्ताङका युवाहरुले सामाजिक अभियानका रुपमा प्रशिद्ध धार्मिक धाम मुक्तीनाथको वरिपरि सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । उक्त सरसफाई कार्यक्रममा पचाँस भन्दा बढि युवाहरुको उपस्थीति रहेको थियो । विगतका केहि समय देखि मुक्तीनाथ क्षेत्र वरिपरि फोहोर देखिन थालेपछि मुस्ताङ जिल्ला ने.वि.संघ र तरुण दलका युवाहरुले सामुहिक रुपमा सरसफाईको कार्यक्रम आयोजना गरेका हुन् ।
उक्त सरसफाईका क्रममा तिन देखि चार घण्टाको समयमा करिव एक मिनि ट्रक फोहोरो संकलन भएको नविन सेरचन, तरुण दण मुस्ताङका कोषाध्यक्ष नविन शेरचनले बताए । मुस्ताङका विभिन्न क्षेत्रमा पर्यटक र मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरुलेको बाक्लो उपस्थीतिले दिनप्रति दिन फोहोर बढेकाले अब नियमित रुपमा यस्ता सामाजिक अभियानका कार्यक्रम अन्य पर्यटकिय र धार्मिक क्षेत्रमा पनि गरिदै जाने शेरचनले बताए ।

फोहोर संकलन सरसफाई कार्यक्रमको अगुवाई युवा नेता तथा समाजसेवी अविनाश गौचन थकालीले गरेका थिए । यहाँ लगायत मुस्ताङका अन्य पर्यटकिय क्षेत्रमा पनि यस्तै रचनात्मक कामहरु गर्दै समाजलाई सचेत बनाउने उनले बताए । सरसफाईका लागि आवश्यक पुर्वाधार र जनशक्ती कम भएकाले र पर्यटक र दर्शनार्थीहरुलेको बाक्लो उपस्थीतिले दिनप्रति दिन फोहोर बढेको र आफुहरुले पनि असहज महशुस गरेको मन्दिरका पुजारीले बताए ।
यसरी युवाहरु एकजुट भएर नयाँ बर्ष सिर्जना र सामाजिक अभियानका रुपमा उदाहरणिय काम गरेको देख्दा त्यस क्षेत्रमा आएका पर्यटक र दर्शनार्थीहरुले खुशि हुदै धन्यवाद समेत व्यक्त गरेर यस्तै सत्कर्मको निरन्तरताका लागि शुभकामना दिएका थिए । मन्दिर नियमित सरसफाई गर्नका लागि २ जना कर्मचारीको नियुत्ती गरिए पनि उनिहरुले मात्र सबैक्षेत्रमा सरसफाई गर्न नसक्दा फोहोर भएको हो । अब छिटै केहि अन्य कर्मचारीको पनि नियुक्ती गर्ने र यसरी नै सामाजीक परिचालन पनि गर्ने सोच रहेको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, गंगा बहादुर क्षेत्रीले बताए ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #मुस्ताङका युवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्