‘वन ऐन तल्लो तहसम्म पुग्न सकेनन्’
सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले वनमार्फत उद्यमशीलताका लागि बनेका ऐन समुदायको तल्लो तहसम्म पुग्न नसकेको बताउनुभएको छ ।
महासङ्घले आफूमा आबद्ध विभिन्न जिल्लाका पदाधिकारीलाई आज दिएको घरेलु उद्यमसम्बन्धी भर्चुअल तालीममा अध्यक्ष पाठकले उद्यम सञ्चालनमा सानादेखि ठूलासम्मका विषयमा समस्या उत्पन्न हुँदै आएको जिकिर गर्नुभयो । “उद्यम सञ्चालनका लागि सरकारीस्तरबाटै सहज नीति बन्न सकेको छैन”, उहाँले थप्नुभयो, “गरीब, विपन्न, महिला र पछाडि परेका समुदायलाई माथि उठाउने किसिमबाट उद्यमशीलताको विकास गर्नुपर्छ ।
” महासङ्घका महासचिव बिर्ख शाहीले वनको नीतिगत सुधारमा लाग्नुपर्ने तर्क राख्नुभयो भने सचिव ठाकुर भण्डारीले नेपाली बजार बिचौलियाको हातमा रहेकाले सरकारीस्तरबाटै उत्पादित सामानको बिक्रीवितरणमा ठोस नीति ल्याउनु आवश्यक रहेको बताउनुभयो । सो अवसरमा महासङ्घका कानूनी सल्लाहकार दिलराज खनालले तालीमबाट प्राप्त सुझावका आधारमा वन क्षेत्रमार्फत उद्यमशीलता विकासका लागि सरकारलाई प्रतिवेदन बुझाइने जानकारी दिनुभयो ।
त्यस्तै सहभागीले स्थानीय तहका जनप्रतिनिधिलाई वन उद्यमसम्बन्धी छलफलमा सहभागी गराउनुपर्ने, सरोकार निकायसँग छलफल अगाडि बढाउनुपर्ने, उद्यमशीलताका लागि आएको बजेट खुलाउनुपर्ने, स्थानीय महासङ्घमार्फत सहकारी सञ्चालन गरी जिल्लाभरि काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, उद्यम सञ्चालनमा देशभर एकैखाले ऐन बनाउनुपर्नेलगायत सुझाव दिएका थिए ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #भारती पाठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्