अब नेपालमै कृषिसम्बन्धी डिम्ड विश्व विद्यालय ,दिल्लीमा कृषिसम्बन्धी सात बुँदे सहमति
नेपालमा अन्तर्राष्ट्रियस्तरको कृषि विश्व विद्यालय स्थापना गर्ने विषयमा भारतले सहमति जनाएको छ।नेपालको कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत डिम्ड विश्वविद्यालय स्थापना गर्ने विषयमा भारतीय कृषि मन्त्री सिंहले सहमति जनाएका हुन्। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीका अनुसार नेपालमा अन्तर्राष्ट्रियस्तरको कृषि विद्यालय स्थापना गर्ने पछिल्लो १५ वर्षदेखि तयारी भए पनि राज्यले प्राथमिकतामा नराख्दा स्थापना हुन सकेको थिएन।
नेपालको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल र भारतीय कृषि मन्त्री राधामोहन सिंहबीच बुधबार नयाँ दिल्लीमा कृषिसम्बन्धी सात बुँदे सहमति भएको छ।
सहमतिअनुसार आर्थिक वर्ष २०७५-७६ को बजेट वक्तव्यमार्फत सरकारले सार्वजनिक गरेको ५१ वटा कृषि विज्ञान केन्द्र स्थापनाका लागि पनि भारत सरकारले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। सरकारले आगामी आव कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण जानकारी एक द्वारमार्फत किसानलाई उपलब्ध गराउन कृषि ज्ञान विज्ञान केन्द्र स्थापना गर्ने तयारी गरेको छ।
कृषिजन्य वस्तुको सहज निकासी र गुणस्तर परीक्षणका लागि भारतको भिट्टामोड र गौरीफन्टामा परीक्षण प्रयोगशाला स्थापना गरी क्वारेन्टाइन सुविधा उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #कृषिसम्बन्धी डिम्ड विश्व विद्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्