रुकुम घटना : गृहको सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
काठमाडौं, १३ जेठ । रुकुममा भएको जातीय विभेदको हिंसाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव सदस्य रहेको समिति गठन गरेको जानकारी दिए ।
उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् । १० जेठमा रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विकसहित तीनको ज्यान गएको छ भने तीन जना वेपत्ता छन् ।
भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो भने उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । जजरकोटका लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक वेपत्ता छन् ।
यस प्रकरणमा वडाध्यक्षसहित १२ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको बताइएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #गृह मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्