भारतबाट उद्धार गरी आएका २३ जनाको पीसिआर नेगेटिभ

संखुवासभा– भारतबाट उद्धार गरी ल्याइएका २३ जनाको स्वाब अर्थात पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । शनिबार रुपन्देही जिल्लाको सुनवल नाकाबाट सङ्खुवासभा आइपुगेका २३ जनाको स्वाब सङ्कलन गरेर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय संखुवासभाले जनायो ।
२३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले बताए । यसअघि उनीहरुको आरडीटी रिपोर्ट पनि नेगेटिभ आएको थियो, उनले भने, पीसीआर रिपोर्ट नेगेटिभ आयो । दुई हप्ताअघि उनीहरु भारतबाट लुकेर सुनवल नाका हुदै रुपन्देही आएका थिए । रुपन्देहीमा क्वारेन्टाईमा बसेका २३ जनालाई संखुवासभाका स्थानीय तहले आफ्नो खर्चमा उद्धार गरेका हुन् ।
पीसिआरमा नेगेटिभ देखिएपनि मादी नगरपालिकाका नौ, चैनपुर नगरपालिकाका पाँच र खाँदबारी नगरपालिकाका एक जनालाई धर्मदेवी नगरपालिका ४ पिलुवामा निर्माण गरिएको क्वरेण्टीनमा राखिएको छ । पाँचखपन नगरपालिकाका सात जनालाई पाँचखपनको क्वारेन्टाईनमा राखिएको छ । सभापोखरी गाउँपालिकाका एक जनालाई सभापोखरीकै क्वरेण्टीनमै राखिएको छ । उनीहरुकोे पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सबै जना ढुक्क भएको स्वास्थ्य प्रमुख बाह्रकोटीले बताए ।
जिल्लाको १० स्थानीय तहले पालिकामा बेग्लाबेग्लै क्वारेन्टाईन निर्माण गरेको छ । जिल्लाभर एक सय ८२ जना क्षमताको क्वरेण्टीन निर्माण भएको स्वास्थ्यका सूचना अधिकारी रोशन श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्म ती क्वारेन्टाईनमा एक सय ३२ जना राखिएको छ । जिल्ला भित्रिनासाथ उनीहरुको स्वाब र आरडिटी परिक्षण गरिएको उनले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्