Techie IT
शुक्रबार, जेठ ३,२०८२

समाजसेवी राजु गुरुङ्गद्धारा बुद्धचीत बाल बिकाश समाजलाइ सहयोग


काठमाडौ । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड– १९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउनका कारण अति गरिब, विपन्न बालबालिकाहरुलाई ठुलो समस्य परेको छ । सानो स्रोत साधनबाट संचालित बाल गृह ,बृद्धा आश्रममा लक डाउनको ठुलो प्रभाव परेको छ ।

यसै युवा ब्यवसायी तथा समाजसेवी राजु गुरुङ्ग ,कर्मा ग्यालफोर ,कर्मा लेसीलीङ्गका लामाहरु लगायतका ब्यक्तीहरुले राहात प्रदान गरेका हुन ।

काठमाडौको दक्षिणकालिमा संचालित बुद्धचित बाल बिकाश समाजलाई करिव ३ महिना लाई पुग्ने रासन साम्रागी सहित कलम , कापी लगायतका अति आबश्यक बस्तुहरु बितरण गरिएको संचालक छिरीङ्ग डोल्माले बताउनु भयो ।

बाल बिकाश समाजमा १४ जना करिव असाय एवं द्धोन्द पडित बच्चाहरुलाई राखीएको छ ।

राहात बितरणका अगुवाई समाजसेवी तथा जम्वला एक्सपोर्ट तथा इम्पोटका अध्यक्ष राजु गुरुङ्गले गरेका हुन ।

समाजसेवी राजु गुरुङ्गले लकडाउनका अवधिमा ,ठमेलको रिक्सा चालक , मजदुर , बृद्धा आश्रम बालबालिकालाई सहयोग गरेका छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:12 am6:47 pm +0545