नयाँ नेपालको नक्सा नेता गौतमलाई हस्तान्तरण

काठमाडौं, १० जेठ । नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई हस्तान्तरण गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेता गौतमलाई उहाँकै निवास भैसेपाटीमा भेटी आज विहान मन्त्रालयको तर्फबाट हस्तान्तरण गरेकी हुन् । गएको जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो ।
मन्त्रीपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो । नेपाल र भारतबीच सीमा विवादको कुरा बाहिर आइरहेको वेला अहिले भारतीय मिडियाले नेपालको अतिक्रमित भूमिमा भारतीय सेना हट्नुपर्दछ भन्ने राष्टवादी आडन राख्दै आउनु भएको नेता गौतमबारे भनिरहेका छन् ।
यसअघि मन्त्री अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत हस्तान्तरण गरिसक्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #map of nepal, #नेपालको नक्सा, #बामदेव गौतम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्