Techie IT
बिहीबार, जेठ २,२०८२

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु


खाँदबारी, १० जेष्ठ – हेलिकप्टरबाट थप उपचारका लागि उद्धार गरिएकी खाँदबारी नगरपालिका ६ की सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । शुक्रबार राति साढे १० बजे उपचारका क्रममा थापाथली प्रसुति गृहमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले बताउनुभयो । बच्चा गुमाएकी ३२ बर्षिया कार्कीलाई सेनाको हेलिकप्टरबाट शुक्रबार ४ बजे काठमाण्डौ लगिएको थियो । खाँदबारी ६ पांठा घर भएकी उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राष्टपति महिला उत्थान कार्यक्रम अन्तगत उनलाई उद्धार गरेर थप उपचारका लागि लगिएको थियो ।

    प्रसव पीडाले च्यापेपछि कार्की जेस्ठ ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन । तर उनको पेटमा रहेको बच्चा अप्ठयरो गरेर बसेको चिकित्सकले पत्ता लगाएपछि विराटनगर स्थित नोबेल अस्पताल रिफर गरिएको थियो । नोबेल अस्पतालमा मृत शिसु जन्मेपछि उनी बेहोस भएकी थिईन् । त्यहाँ उनका परिवारले २ लाख बढी खर्च गरेका थिए । अस्पतालमा शुल्क तिर्न नसकेपछि कार्कीलाई परिवारले घर फर्काएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:12 am6:47 pm +0545