स्वास्थ्यलाई अरुण तेश्रोको स्वास्थ्य सामाग्री सहयोग
संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेश्रो आयोजनाले स्वासथ्य कार्यालयलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । अरुण तेश्रोले स्वास्थ्यलाई पुनप्रयोग गर्न सकिने ग्राउन १ सय थान, ग्लोव्स २ हजार ५ सय जोडी, भिरेक्स पाउडर ३ सय पाकेट, एन ९० माक्स ३ सय थान, सर्जिकल माक्स ३ हजार थान र फेस सिल्ड १ सय थान उपलव्ध गराएको हो ।
ती सामाग्री ३ लाख ७५ हजार ७ सय २५ बराबरको भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । स्वास्थ्य प्रमुख लाई अरुण तेश्रो आयोजनाका प्रतिनिधिले शुक्रबार एक कार्यक्रम बीच उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । कोरोना भाईरसको संक्रमणको खतरा भइरहेको अवश्थामा अरुण तेश्रोको यो सहयोगले राहत मिलेको बाह्रकोटीले बताउनुभयो । यसअघि पनि जिल्ला अस्पताल संखुवासभालाई अरुण तेश्रो आयोजनाले पीपीई सेट, २ वटा भेन्लिेटर लगायतका सामाग्री सहित करिब ९० लाख रुपैयाको सहयोग गरिसकेको छ । ती सामाग्री जिल्ला अस्पतालमा प्रयोग भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्