टोखामा आरडीटी परीक्षण , भारतीय नागरिक सहित एकै घरका श्रीमान श्रीमतिमा पोजिटिभ
टोखा काठमाडौँ । टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमितको खोजि कार्य गर्ने क्रममा शुक्रबार एक भारतीय नागरिक सहित चार जनामा आरडीटी पोजिटिभ देखिएको छ ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार २१ जनामा गरिएको आरडीटी परीक्षणमा १ जना भारतीय नागरिक सहित २ जना टोखा-६ का एकै घरका श्रीमान श्रीमति रहेका छन् भने अर्का एकजना पाँगा कीर्तिपुर निवासी महिला रहेकी छन् ।
आरडीटी पोजिटिभ देखिएका भारतीय नागरिक भारतबाट मालबाहक गाडीबाट सामान लिएर टोखा-३ स्थित स्टार टाउनमा हिजोबेलुका आइपुगेका थिए । तीनिहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ ।
गत बुधवार टोखा नगरपालिकाले नगरभरीका ११ वटै वडाका ५०३ जनामा आरडीटी परीक्षण तथा २९३ जनामा पीसीआरबाट स्वाब संकलन गरिएको थियो । जसमध्य ५०३ जनामध्य १३ जनामा आरडीटी पोजिटिभ देखिएको थियो । २९३ जनाको संकलित स्वाब पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पाइएको छ नतिजा आउन बाँकी रहेको छ ।
आइतबार पनि परीक्षण गरिने
टोखा नगरपालिकाले आइतबार थप कोरोना भाइरस संक्रमित पहिचान गर्नका लागि आरडीटी र पीसीआर परीक्षण गर्ने भएको छ ।
जसमा बढि जनसम्पर्कमा आउनेहरु खाद्यान्न किराना पसल तथा तरकारी व्यवसायी, स्थानीय निकार्यका कर्मचारी, स्वयं सेवक लगायतको परीक्षण गरिने छ ।
न्यूज अफ टोखा
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकामा आरडीटी परीक्षण जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्