नेपालको नयाँ नक्सा अस्वीकारपछि गगनले दिए भारतलाई चेतावनी
काठमाडौँ ८ जेठ सासंद गगन थापाले नेपालले आफ्नै भूमिलाई नक्सामा समावेश गरेको हो भन्दै भारत सरकारलाई कडा जवाफ दिएका छन् । बुधबार मात्रै नेपालले सार्वजनिक गरेको राजीनीतिक तथा प्रशासनिक नक्सालाई भारतले नमान्ने बताएपछि उनले भारतलाई यस्तो जवाफ दिएका हुन् ।
सांसद थापाले आफ्नो आधिकारिक फेसबुक पेजमा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीलाई सम्बोधन गर्दै भारतलाई ऐतिहासिक तथ्य र प्रमाणसहित नेपालले आफ्नै भूमिलाई नयाँ नक्सामा समावेश गरेको भनेर सन्देश पठाउन आग्रह गरेका छन् ।
उनले लेखेकाछन्,‘परराष्ट्रमन्त्रीज्यू, हाम्रो नयाँ नक्सा अमान्य हुने जनाएको भारत सरकारलाई ऐतिहासिक तथ्य र प्रमाणसहित भनिदिनुहोस् कृतिम विस्तार त भारतले नेपाली भूमिसहित नक्सा जारी गर्दा गरेको हो ।’
आफ्नो फेसबुक पेजमार्फत उनले भनेका छन् नेपालले सार्वजनिक गरेको नयाँ नक्सा नै वास्तविक नक्सा हो । र यो नै सत्य हो । उनले बुधबार राती यस प्रकारको स्टाटस पोष्ट गर्दै लेखेका छन्, ‘सत्य यही हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भू–भाग हो ।’ सांसद थापाले सिमा बिबादका विषयमा खुलेरै भारतीय विस्तारबादको विरोद्ध गर्दै आएका छन् ।
नेपालले आफ्नो भू–भागमाथि दाबी गरेको भन्दै भारतीय विदेश मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरेर नेपालको नयाँ नक्सा आफुहरुलाई अस्वीकार्य हुने बताएको छ
विज्ञप्ति मार्फत भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाललाई यस्तो अनुचित दाबी नगर्न भन्दै भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा नेपाली नेतृत्वले कूटनीतिक सम्बाद मार्फत सीमा बिबाद समाधान गर्ने वातावरण बनाउने विश्वास पनि व्यक्त गरिएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्