पूर्वराज्यमन्त्री खड्काले गरिदिए संखुवासभा पत्रकार महासंघका सक्रिय पत्रकारहरुको कोरोना वीमा
संखुवासभा, खाँदबारी – पूर्व राज्यमन्त्री तथा कांग्रेसका नेता दीपक खड्काले संखुवासभाका सक्रिय पत्रकारहरुको कोरोना वीमा गरिदिएका छन् । उनले एक लाख रुपैयाँ भुक्तानी दावी सहितको कोरोना विमा गरिदिएका हुन् । नेपाल पत्रकार महासंघले उपलव्ध गराएको क्रियासिल २५ जना पत्रकारको सूची अनुसार कोरोना विमा गरिदिएका हुन् । महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीले महासंघका २५ पत्रकार जिल्लाका ८ वटा रेडियो, अनलाईन, स्थानीय पत्रिका र राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत छन् ।
उनले एक लाख रुपैया भुक्तानी दावी सहितको विमा गरिदिएकामा पूर्वमन्त्री खड्का प्रति आभार व्यक्त गरे । फ्रन्ट लाईनमा बसेर पत्रकारीता गरिरहेका २५ पत्रकारलाई कोरोना विमाले हौसला मिलेको उनले बताए । यसअघि पनि खड्काले पत्रकार महासंघलाई माक्स र सेनिटाईजर उपलव्ध गराएका थिए । २५ पत्रकारको स्वाव परिक्षणमा पोजेटिभ देखिए महासंघले सिफारिस गरेको आधारमा विमा कम्पनीले १ लाख भुक्तानी गर्ने छ । खड्काका तर्फबाट विमालेख कांग्रेस नेता अनन्तकुमार गौलीले महासंघका अध्यक्ष गिरीलाई हस्तान्तरण गरे ।
यसैबीच, पूर्व राज्यमन्त्री खड्काले जिल्ला कारागारका कैदीको प्रयोजनका लागि १ हजार लिटरको पानी ट्याङ्की उपलव्ध गराएका छन् । २५ क्षमताको कारागारमा १ सय २० जना कैदीबन्दी तथा थुनुवा बसेको थाहा पाएपछि खड्काले हजार लिटरको ट्याङ्की उपलव्ध गराएको बताए ।
जेलर विनोद अधिकारीले ट्याङ्की अभाव भइरहेको बेला कैदीबन्दीका लागि पानीको जोहो गर्न सजिलो भएको बताए । उनले पूूर्व राज्यमन्त्री खड्कालाई धन्यबाद व्यक्त गरे । खड्काले उपलव्ध गराएको पानी ट्याङ्की कांग्रेस कार्यकर्ता ईह्वर कटुवालले जेलर अधिकारीलाई बुधबार हस्तान्तरण गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला कारागार संखुवासभा, #दिपक खड्का, #नेपाल पत्रकार महासंघ संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्