तीन बालिका सहित आज २५ जनामा संक्रमण, ४२७ पुगे संक्रमित

काठमाडौँ,७ जेठः ः कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज २५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी (पश्चिम) गरी चार जिल्लामा नयाँ २५ जना संक्रमित फेला परेको जानकारी दिनुभयो ।
आज थपिएका २५ जनासंगै ४२७ जना पुगेको छ । नयाँ थपिएका संक्रमित ३ देखि ४८ बर्षका १८ पुरुष र सात जना महिला रहेका प्रवक्ता डा. अधिकारीले जानकरी दिनुभयो ।
नयाँ संक्रमितमा ३ जना बालिका रहेका छन् ।
नयाँ संक्रमितका बाँकेका ६ जना रहेका छन । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० बर्ष पुरुष तथा खजुरा ५ का २७ बर्षीय पुरुष रहेका छन् ।
यसैगरी कपिलवस्तुमा १३ जना संक्रमित रहेका छन । नयाँ संक्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ बर्षका पुरुष रहेका छन् ।
यसैगरी महाराजगंज गाउँपालिका ३, ४ र ६ बर्षीया बालिका समेत संक्रमण देखिएको छ । सोही गाउँपालिकाका १६, २५ र ३२ बर्षीया महिला र चार जना पुरुषमा १२, २०, २४ र ३४ बर्षका रहेका छन् ।
यसैगरी धनुकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ बर्षीय पुरुष र २४ बषीय महिला तथा नवलपरासी (पश्चिम)का सुस्ता गाउँपालिका ५ का २६ पुरुष रहेका उहाँले बताउनुभयो ।
अहिलेसम्म संक्रमितहरुमा ३५८ पुरुष र ६९ जना महिला रहेका छन । अहिलेसम्म ३८ जिल्लामा संक्रमण देखिएको छ ।
यसैगरी आज कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका ८ जना पूर्ण रुपमा निको भई घर फर्किएका छन् । अहिलेसम्म ४५ जना घर फर्किएकोउहाँले बताउनुभयो ।
प्रवक्ता डा. अधिकारीले क्रिमसन अस्पतालमा उपचार रहेका संक्रमितको अहिले भ्यन्टिलेटरमा उपचार भइरहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्