टोखाका नगरपालिकाका सवैको नेगेटिभ रिर्पोट
काठमाडौ ६ जेठ । टोखा नगरपालिकामा कोरोना भाइरस परीक्षण गरिएका सवैको रिर्पोट नेगेटिभ आएको छ । हिजो गरिएको परीक्षणमा २५ जनाका नेगेटिभ आएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
आज नेगेटिभको प्रमाण पत्र समेत दिइएको छ । गत शुक्रबार कोरोनाको कारणलो मृत्यु भएकी सिन्धुपाञ्चोक वाह्रविसेका २७ बर्षीय महिलाका टोखामा बसेकोले उनका नजिक आफन्तको परीक्षण गरेको थियो ।
संक्रमणबाट मृत्यु भएपछि टोखा नगरपालिकाले विभिन्न स्थानमा परीक्षणका दायरा बढाइरहेको छ । नगरप्रमुख अधिकारीले बाहिरबाट आउनेलाई होम क्यारेन्टिनमा र परीक्षण पश्चात मात्र घरमा पस्न दिएको जानकारी गराए ।
अहिले नगरपालिकाका प्रत्येक वडाका वडाअध्यक्ष पनि सक्रिय भएर कोरोना रोकथाम र नियन्त्रण गर्न लागेका छन् । मृतक महिला वस्ने ठाउँलाई अहिले सिल गरिएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्