टोखामा कोरोना बाट मृत्यु भएकी महिला बसेको स्थानमा थप परीक्षण दायरा बढाइयो
काठमाडौँ, ५ जेठ । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएकी सिन्धुपाञ्चोककी महिला बसेको स्थान टोखामा परीक्षणको दायरा बढाईको छ ।
टोखा नगरपालिकाले उनी बसेको स्थानमा परीक्षणको दायरा बढाइएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
उनले हिजो आइतवारमात्र २५ जनाको कोभिड १९ परीक्षण गरिएको बताए ।
शुक्रबार कोभिड १९ को कारण मृत्यु भएकी सिन्धुपाञ्चोक वाह्रविसेकी २९ बर्षिया महिला सुत्केरी हुनुभन्दा पहिले टोखा नगरपालिका वडा ९ स्थित काभ्रेडेरीदेखि अरुण डेरीसम्मको ठाउँमा बसेकी थिइन । नगरपालिकाले उनी बसेको उक्त ठाउँलाई शनिवार नै सिल गरेको छ।
नगरप्रमुख अधिकारीले मृतकका नजिकका आफन्त नजिकका मानिसमा पनि परीक्षण गरिने बताए । उनले टोखाका प्राय सवै ठाउँमा परीक्षणको दायरा समेत बढाइएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्