नेपालमा संक्रमित तीन सय नाघे, आज विहान मात्र नौ जनामा
काठमाडौँ, ५ जेठ ः कोरोना भाइरस (कोभिड १९)को संक्रमितको संख्या तीन सय नाघेको छ ।
अहिले विहान नौ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ३०४ पुगेको हो । यसअघि हिजो २९५ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा रौतहटमा आठ जना र बारामा एक जनामा देखिएको बताए ।
नयाँ संक्रमितमा रौतहट इशनाथ नगरपालिका वडा नंं. २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० बर्षका पुरुषहरु र माधवनारायण नगरपालिका वडा नं. ३ निवासी २८ वर्षीय महिला रहेका छन् ।
यस्तै वारा जिल्लाको करैयामाई ५ निवासी ३८ वर्षीय पुरुष रहेका छन ।
हिजो आइतवार मात्र कोभिड १९ संक्रमणबाट वाँकेमा एक जनाको मृत्युभएको थियो । शुक्रबार सिन्धुपाञ्चोकमा एक जना महिलामा पनि संक्रमणको कारणले मृत्यु भएको पुष्टि भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्